काठमाडौं, भदौ २७ : नेपाली बजारमा शुक्रबार सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आज कायम सुनको मूल्य हालसम्मकै उच्च हो। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख १४ हजार २०० रुपैयाँ थियो।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला २ हजार ५ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलाको दुई हजार ५ सय ६५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















