काठमाडौँ, पुस २७ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हार-जितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताएका छन् ।
कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबार यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्धति र संविधान जोगाउनुपर्ने छ, त्यो भन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ ।‘
महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दै पार्टीमा सबै बराबर रहेको बताए । ‘कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन,’ उनले भने । कांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै महामन्त्री थापाले चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनुपर्ने बताए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










