02/27/2026, 14:48:11
शुक्रबार, फागुन १५, २०८२

बिबिसी लक्षित शंकरको टिप्पणी : डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण


दाङ, फागुन १५ गते । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका बारेमा तयार पारेको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन् ।

´चुनावको मुखमा सार्वजनिक गरिएको BBC को डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन ।` उनले सामाजिक संजाल फेसवुकमा लेखेका छन्,-´यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।`

चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ? भन्दै उनले प्रश्न समेत गरेका छन् ।

उनले थप लेखेका छन् । –

हामीले बुझ्नुपर्छ:

-लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ ।

-नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो ।

-सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ ।

-भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ ।

-सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..