
काठमाडौँ, फागुन १५ गते । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर तीन लाख १४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तीन लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलामा ५ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी ५ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















