02/25/2026, 12:52:30
बुधबार, फागुन १३, २०८२

सुनको मूल्य स्थिर रहँदा चाँदी महँगियो


काठमाडौं, फागुन १३  गते । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन भने सुनको भाउ १ हजार ३ सय रुपैयाँले बढेको थियो ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि यही मूल्यका आधारमा सुनको कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज १३० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ७१५ रुपैयाँ कायम भएको छ ।

 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..