काठमाडौँ, फागुन ७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा साढे सात लाखभन्दा बढी यात्रुले हवाईयात्रा गरेका छन् ।
विमानस्थल कार्यालयका अनुसार सन् २०२६ को जनवरीमा आन्तरिक र बाह्यतर्फ सात लाख ५० हजार १८३ यात्रुले हवाईसेवा लिएका हुन् । यस वर्षको जनवरीमा अन्तर्राष्ट्रियतर्फ दुई हजार ९४९ र आन्तरिकतर्फ छ हजार ८०९ उडान–अवतरण भएका छन् । उक्त उडानबाट चार लाख ३१ हजार ६३५ यात्रुले अन्तर्राष्ट्रियतर्फको र तीन लाख १८ हजार ५४८ यात्रुले आन्तरिकतर्फको हवाईसेवा लिएको विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि सन् २०२५ को जनवरीमा भएका दुई हजार ४५८ उडान अवतरणबाट तीन लाख ८५ हजार ५७३ यात्रु र सन् २०२४ को जनवरीमा भएका दुई हजार ६९९ उडान अवतरणबाट दुई लाख ५० हजार ६५ जनाले अन्तर्राष्ट्रितर्फको हवाईसेवा लिएका थिए । त्यस्तै आन्तरिकतर्फ सन् २०२५ को जनवरीमा भएका छ हजार ३३९ उडान अवतरणबाट तीन लाख १२ हजार ७८५ र सन् २०२४ को सोही अवधिमा छ हजार १९२ उडानबाट दुई लाख ८२ हजार ८३० यात्रुले आन्तरिक उडान गरेका थिए ।
तथ्याङ्क अनुसार यस विमानस्थलमा तीन स्वदेशीसहित २९ वटा अन्तर्राष्ट्रिय वायुसेवाले र आन्तरिकतर्फ हेलिकोप्टरसहित २० वटा वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् ।

हाल नेपालबाट अन्तर्राष्ट्रियतर्फ नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र बुद्ध एयरले उडान गर्दै आएका छन् । जसमध्ये जनवरीमा निगमले तीन सय उडानमार्फत ५४ हजार ३५८ यात्रुलाई हवाईसेवा दिएको छ । निगमको जहाजबाट जनवरीमा २७ हजार ३७८ यात्रु बाहिरिएका छन् भने २७ हजार १६ यात्रुलाई काठमाडौँमा अवतरण गरेका छन् ।

त्यस्तै हिमालय एयरलाइन्सले जनवरीमा २७० वटा उडानबाट ३५ हजार ५४ यात्रुलाई सेवा दिएको छ । हिमालयका जहाजबाट १६ हजार ८३८ यात्रु नेपालबाट बाहिरिएका छन् भने १६ हजार ९१८ यात्रुलाई भित्रिएका छन् । भारतका दुई वटा गन्तव्यमा उडान गर्दै आएको बुद्ध एयरले सोही अवधिमा ६२ उडानमार्फत दुई हजार ८३४ यात्रुलाई सेवा दिएको छ । बुद्ध एयरमार्फत एक हजार ४८६ भित्रिएकामा एक हजार ३४८ यात्रुलाई नेपालबाट बाहिरिएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











