तनहुँ, माघ २६ गते । एकीकृत सेवा कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४६ लाख सात हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउन महिनादेखि पुस मसान्तसम्म उक्त राजश्व सङ्कलन गरिएको हो ।
साउन महिनामा सात लाख पन्ध्र हजार, भदौमा सात लाख २२ हजार, असोजमा सात लाख ४० हजार, कार्तिकमा सात लाख १४ हजार, मङ्सिरमा सात लाख ८८ हजार र पुसमा नौ लाख २५ हजार राजश्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ । उक्त अवधिमा ३३५ नयाँ उद्योग दर्ता भएका छन् ।
उद्योग १८०, वाणिज्य फर्म १५३ र पर्यटनतर्फ दुई उद्योग दर्ता भएका कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले जानकारी दिए । उद्योगतर्फ एक हजार २३ नविकरण र वाणिज्यतर्फ ९८८ नविकरण भएका छन् ।
त्यसैगरी, उद्योगतर्फ १०८ वटाको लगत कट्टा र ८१ वटाको संशोधन गरिएको छ भने वाणिज्यतर्फ १०८ वटाको लगत कट्टा र ८३ वटाको संशोधन गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













