01/28/2026, 20:37:38
बुधबार, माघ १४, २०८२

सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुगेर नयाँ रेकर्ड


काठमाडौँ, माघ १४ गते । नेपाली बजारमा बुधवार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य ९ लाख १९ हजार रुपैयाँ नजिक पुगेको हो ।

मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ थियो । तर, बुधवार बढेर तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ ।

आज १० ग्राम सुनकै मूल्य तोलामा २ लाख ७३ हजार ३२० रुपैयाँ पुगेको छ ।

यसैबिच चाँदीको मूल्य समेत ७ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ कायम भएको थियो । महासंघका अनुसार आज कायम भएको सुन र चाँदीको मूल्य नै हालसम्मकै उच्च हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..