प्रसङ्ग २०७६ साल माघतिरको हो । अछाम साँफेबगरकी स्थानीय किशोरी पार्वती रावतको छाउगोठमै सर्पले टोकेर मृत्यु भएपछि सुदूरपश्चिमका केही जिल्लामा धमाधम छाउगोठ भत्काइँदै थियो । सरकारले गृह मन्त्रालयमार्फत नै स्थानीयस्तरको पहलमा छाउगोठ भत्काउने अभियान नै चलाएको थियो । उक्त अभियानलाई धेरै अभियान्ताले साथ दिए । हामी केही गोरखापत्रकर्मीले पनि उक्त घटनामा स्थलगत रिपोर्टिङ गर्ने र अभियानलाई साथ दिने अवसर पाएका थियौँ ।
माघ महिनाको सुरुवाततिर हामी पुग्दा अछामको सदरमुकाम मङ्गलसेन वरपर बिराटकोली गाउँमा भने छाउगोठ भत्काइएको र प्रहरी प्रशासनले निगरानी बढाइरहेको अवस्थामा थियो तर पछिल्ला वर्षमा फेरि अनाहकमै छाउगोठभित्र किशोरीले ज्यान गुमाउने व्रmम भने रोकिएको छैन । सुदूरपश्चिम र कर्णाली प्रदेशमा ‘मृत्युघर’ बनिरहेको छाउगोठमा अहिलेसम्म १६ जना किशोरीको मृत्यु भइसकेको छ ।
सुदूरपश्चिमका केही पहाडी जिल्लामा महिनावारी भएका महिलालाई छाउ भन्ने प्रचलन रहेछ भने छाउ भएकी महिलालाई बस्न बनाइएको सानो गोठलाई छाउगोठ भनिने रहेछ । स्थानीय भाषामा घरको तल्लो भागलाई गोठ भनिने रहेछ । अचम्मलाग्दो कुरा, छाउगोठमा कतैबाट पनि घाम र हावा नछिर्ने गरी बनाइने रहेछ । अत्यन्तै साँघुरो, बस्न खान र सुत्न पनि सजिलो गरी नमिल्ने माटोको भित्ता अनि खरको छानो भएको सानो कोठा । न त्यहाँ दिउँसो सूर्यको प्रकाश पथ्र्यो, न त पर्याप्त अक्सिजन ।

महिनावारी भएको पाँच दिन आफ्ना छोरी, बुहारीलाई परिवारबाट अलग्गै बस्न बनाइएको त्यो छाउगोठको अवस्था हेर्दा लाग्थ्यो त्यहाँ बस्नेले कुनै ठुलो अपराध गरेबापत सजाय भोगिरहेका छन् । राम्ररी खुट्टा तन्काएर सुत्नसमेत नमिल्ने छाउगोठभित्र साना साना बच्चाका आमा पनि बच्चा लिएर नै सुत्नुपर्ने रहेछ । जाडोको समयमा चिसोले कठ्याङ्ग्रिने र निमोनिया हुने समस्याबाट साना बालबालिका झन् धेरै ग्रसित थिए ।
अधिकांश छाउगोठमा खरको छानो थियो । माथि घाँस, दाउरा, पराल, मकै राख्न मिल्ने गरी बनाइएका छाउगोठमाथि कतै कतै त बिच्छी र सर्प हिँडिरहेका देखिन्थे । बलियो ढोकासमेत नहँुदा छाउगोठमा सर्प र बाघ आउने डरले किशोरी रातभरि निदाउन नसकेको पनि गुनासो गर्थे । त्यतिबेलासम्म १४ जना किशोरीले छाउगोठभित्र विभिन्न कारणले ज्यान गुमाइसकेका थिए । अहिले पाँच÷छ वर्षको अन्तरालमा पनि सुदूरको व्यथा उही छ । केही समयअघि सर्पले टोकेर छाउगोठभित्रै फेरि अर्को किशोरीको मृत्यु भएको समाचार आयो । यसबाट के बुझिन्छ भने छाउगोठहरू तत्कालीन समयमा भत्काइए पनि संस्कार र परम्पराको नाममा निरन्तर किशोरीमाथिको ठुलो दुव्र्यवहार निरन्तर नै कायम छ ।
स्थानीय स्तरमा कुराकानीका व्रmममा हामीले प्रस्ट बुझेका थियौँ कि किशोरीहरू छाउगोठ भत्काउँदा सबैभन्दा धेरै खुसी देखिन्थे । छाउगोठभित्र आफ्नै साथीले ज्यान गुमाएको समाचारले विक्षिप्त भएका उनीहरू फेरि यस्तो घटना कहिल्यै नदोहोरियोस् र छाउगोठ सधैँका लागि भत्कियोस् भन्ने चाहन्थे । नयाँ मान्छेको टोली घरवरपर देख्दा उनीहरू मुसुमुुसु हास्ँदै नजिकिन्थे । कोहीले अघि सरेरै मनको बह पोख्न भ्याउँथे ।

घरनजिकैको छाउगोठ देखाउँदै भन्थे, “त्यहाँ एक पटक बसेर देखाउनुस् त कति अप्ठेरो छ । हामी कसरी राति सुत्छौँ होला ?” उनीहरू धेरै प्रतिप्रश्न गर्दै आफूहरूले बर्सौंदेखि भोगिरहेको पीडालाई व्यक्त गरेका थिए । संसारमा कतै पनि नभएको यस्तो कुसंस्कारका बारेमा लेखिदिन आग्रह पनि गरेका थिए । पोसिलो खानेकुरा खाएर आराम गर्नुपर्ने समयमा मल बोक्ने, भारी बोक्ने, घाँस काट्ने, मेला जाने जस्तो अप्ठ्यारो काममा खटिनुपर्ने अवस्थाबाट किशोरी नै बढी प्रताडित थिए । विद्यालय जानुपर्ने, गृहकार्य गर्नुपर्ने र केही अतिरिक्त सिर्जनात्मक कार्यमा क्षमता अभिवृद्धि गर्नुपर्ने समयमा उनीहरू परम्परा र संस्कारका नाममा बाँधिएको अनुभव गरिरहेका थिए । छाउ भएको समयमा गाईभैँसीको दुध खाए पाप लाग्छ भनेर चार दिनसम्म कतिपय परिवारले दुधसमेत खान नदिने गरेको कुरा पनि कुराकानीका व्रmममा उनीहरूले खुलेरै बताएका थिए ।
घरमा सर्प आए पनि बाघ आए पनि गाईभैँसीले दुध नदिए पनि छुवाछुत गरेर देवता रिसाएको भन्दै परिवारले अनेक अड्कलबाजी गर्ने र छाउगोठमै बस्न बाध्य पार्ने गरेका धेरै घटना त्यँहाका लागि सामान्य जस्तै थिए । पाप र धर्म भन्दै छाउपडीको नाममा त्यहाँका किशोरीले भोगिरहेको कतिपय विभेद र दुव्र्यवहारको अवस्था अहिले पनि काहालीलाग्दो नै छ । विद्यालय जाने बाटोनजिकै डाँडामा मन्दिर भएकाले छाउ भएको समयमा त्यो बाटो हिँड्दा पाप लाग्ने भनेर चार दिनसम्म घरमै बस्ने गरेको पनि किशोरीले खुलेरै बताएका थिए ।
स्थलगत अवलोकनपछि विशेष गरी सबैको ध्यान जानुपर्ने एउटै कुरा मेरो मनमा पनि खट्किरहेको थियो, खुसी भएर रमाउँदै साथीहरूसँग विद्यालय जाने, घर आएपछि परिवारसँग अङ्कमाल गर्ने, सँगै बसेर खाजा खाने, खाना खाने र ढुक्कले राति परिवारसँगै ढोका लगाएर सुरक्षित भएर सुत्न पाउनु उनीहरूको पनि मानव अधिकार हो । रातिको समयमा परिवारभन्दा पर एक्लै असुरक्षित तरिकाले बस्नुपर्दाको शारीरिक र मानसिक पीडा बाहिरबाट पनि सजिलै आकलन गर्न सकिने खालको छ । जुन कुरा छाउगोठमा महिनावारी बारिरहेका महिला तथा किशोरीका लागि पनि स्वीकार्य थिएन । हामी जस्तै साथीले काठमाडौँमा कति धेरै प्रगति गरिरहेका छन् । उनीहरू पक्की घरमा आमाबाबाको साथमा ढुक्कले निदाउँछन् तर आफ्नो परिवारले यो कुरा कहिल्यै नबुझेकामा अधिकांश किशोरी आव्रmोशित थिए ।
यो भत्किएको छाउगोठ अब फेरि कहिल्यै नबन्ने गरी भत्किए हुन्थ्यो । हामी ढुक्कले निदाउन पाउने थियौँ । अब फेरि छाउगोठ बनाए कारबाही हुन्छ भनेर एक पटक हाम्रो आमाबा सँग पनि भनिदिनुहोस् न । हामीले भनेको त मान्नुहुन्न । गाउँका अभियन्तासँग उनीहरूको एउटै अनुरोध थियो । नभन्दै, कुराकानीका व्रmममा परिवारका ज्येष्ठ सदस्यले भने हाम्रो त देवता रिसाउँछन् घरभित्र त सुत्नै हुँदैन । कुल बिग्रन्छ । यस्ता धेरै बहाना बनाएर छाउगोठमै छोरी, बुहारीलाई बस्न बाध्य बनाएको धेरै घटनासँग साक्षात्कार गर्ने अवसरले धेरै कुरा बुझ्ने मौका मिलेको थियो ।

बर्सौंदेखि चलिआएको त्यहाँको परम्पराले उब्जाएका दुःखकष्ट कम्ता कारुणिक र मार्मिक थिएनन् । सँगै विद्यालय जाने साथीको छाउगोठमै निधन भएपछि मानसिक रूपमा नै विक्षिप्त भएका किशोरी त्यो ठाउँ नै छाडेर कतै छाउगोठ बस्नु नपर्ने ठाउँमा जान पाए पनि हुन्थ्यो भन्ने सोचमा देखिन्थे ।
परम्पराको नाममा भइरहेको त्यो लैङ्गिक हिंसा र दुव्र्यवहारको निरन्तरता कुनै एक जनाले विद्रोह गरेर सजिलै घरभित्र बस्न पाउने अवस्था थिएन । छाउगोठ भत्काइए पनि धामीझाँव्रmी गाउँमा सव्रिmय भएर अनिष्ट हुने चेतावनी दिइरहेका थिए । नयाँ मान्छेको समूह आँगनछेउछाउ देख्नासाथ धामी काँपेर मान्छे तर्साउने गरिरहेका हुन्थे । छाउगोठ नभत्काए जिल्ला र वडाबाट दिइने सबै सुविधा कटौती गर्ने भनेर सार्वजनिक सूचना नै जारी गरेपछि प्रायः छाउगोठ भत्काइएका थिए ।
अछाम, कैलाली, बाजुरा लगायतका जिल्लामा छाउगोठ भत्काएसँगै स्थानीय जिल्ला प्रशासन, प्रहरी र वडा कार्यालयले पनि निगरानी बढाएको थियो । उक्त ठाउँमा बालविवाह, घरेलु हिंसा लगायतका विषय पनि यथावत् नै थिए । सुदूरपश्चिम भन्नासाथ झट्ट दिमागमा मलाई अहिले पनि त्यही छाउगोठ, त्यहाँको रीतिरिवाज, महिनावारीको समयमा त्यहाँका छोरी, बुहारी र आमाको अवस्था र केही परिवर्तन गर्नैपर्ने रीतिथिति र परम्पराको सम्झना आइरहन्छ ।
धर्म र परम्पराको नाममा छाउगोठ बार्ने यस्तो सोच र संस्कारले महिला तथा किशोरीको शारीरिक, मानसिक, सांस्कृतिक र सामाजिक रूपमा नै आघात पु-याएको छ । अत्याधुनिक विकास, प्रविधि र सूचनाले संसारका मान्छेले राम्रो कामको कीर्तिमान र चमत्कार गरिरहेको अहिलेको समयमा महिनावारीको समयमा छाउगोठभित्र ज्यान गुमाउनुपर्ने अवस्थाले हामी सबैलाई एक पटक सोच्न बाध्य बनाएको छ ।
– लक्ष्मी खतिवडा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












