01/28/2026, 20:37:23
बुधबार, माघ १४, २०८२

५ अंकले नेप्से बढ्दा आज कारोबार साढे ११ अर्बमा ओर्लियो


काठमाडौँ, माघ १४ गते । शेयरबजार परिसूचक नेप्से ५ अंकले बढ्दै २ हजार ७३१.८९ अंकमा उक्लिएको छ । अघिल्लो दिन ४२ अंकमाथिले घट्दै नेप्से सूचक २ हजार ७२६ बिन्दुमा ओर्लिएको थियो ।

त्यसो त आज नेप्से सूचक बढ्दैगर्दा यता कारोबार भने घट्न पुगेकोक छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज दोस्रो बजारमा ११ अर्ब ४९ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ३६ लाख १८ हजार कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिन १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ बराबरको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको थियो ।

आज बैंकिङ समूहसँगै इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र नन् लाइफ इन्स्योरेन्स समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी अरु समूहको उपसूचक धनात्मक भएका छन् ।

१४१ कम्पनीको शेयर मूल्य बढ्दा आज ११२ कम्पनीको शेयर मूल्य घटेको छ । आज कर्पोरेट डेभलपेमन्ट बैंक र आघु खोला जलविद्युत कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..