काठमाडौँ, माघ १३ गते । साताको तेस्रो दिन शेयरबजार परिसूचक नेप्सेमा ४२ अंकमाथिको पहिरो गएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचक आज एकैदिन ४२.५८ अंकले घट्दै २ हजार ७२६.५१ अंकमा झरेको हो ।
त्यसो त यसदिन कारोबारमा समेत घटेर १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँ बराबरको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
अघिल्लो दिन ३ अंकले नेप्से घटेको बजारमा १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको थियो ।
आज १३ वटै उपसूचक घटेर बजारनै रातम्मे हुन पुगेको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक २.४४ प्रतिशतले घटेको छ भने आज म्युचुअल फन्डको उपसूचक प्रायः स्थिर देखिएको छ । २२४ कम्पनीको शेयर मूल्य घट्दा खाज जम्मा ३४ कम्पनीको मात्र शेयर मूल्य बढेको छ ।
आज सबैभन्दा बढी राधी जलविद्युत कम्पनीको ५७ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एसवाई प्यानलको पनि ५७ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर दोस्रो बजारमा कारोबार भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









