01/27/2026, 12:53:00
मङ्गलबार, माघ १३, २०८२

सुनको मूल्यमा सामान्य वृद्धि


काठमाडौँ, माघ १३ गते । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य बढेको छ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार १७५ रुपैयाँ रहेको छ । यसैगरी चाँदीको मूल्य तोलामा ६ हजार ८७० रुपैयाँ र १० ग्राममा ५ हजार ८९० रुपैयाँ निर्धारण गरिएको छ ।

यसअघि हिजो सुन तोलामा ३ लाख ९ हजार रुपैयाँ र चाँदी तोलामा ६ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..