01/22/2026, 12:46:41
बिहिबार, माघ ०८, २०८२

सुन तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो


काठमाडौँ, माघ ८ गते । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले घटेर दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..