पर्सा, माघ ५ गते । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु एक खर्ब १६ अर्ब ५८ करोड ८५ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १२ अर्ब एक करोड बढी राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै हुने राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।
कार्यालयले गत साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड राजस्व सङ्कलन गरेको थियो । त्यसैगरी कात्तिकमा रु १७ अर्ब ३३ करोड र मङ्सिरमा भने रु २० अर्ब ८० करोड राजस्व सङ्कलन गरेको छ ।
पुसमा पनि रु २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई वर्षभरिमा रु दुई खर्ब ७३ अर्ब ३९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















