01/19/2026, 16:16:02
सोमबार, माघ ०५, २०८२

काँग्रेस नेता पूर्णबहादुर खड्का चुनाव नलड्ने


काठमाडौँ, माघ ५ गते । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का आसन्न निर्वाचन नलड्ने भएका छन् । पार्टीमा विकसित पछिल्लो घटनाक्रमपछि उनी २१ फागुनमा हुन गइरहेको निर्वाचन नलड्ने भएका हुन् ।

निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत-१ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिसमा परेका थिए । उनीनिकट स्रोतले खड्का निर्वाचन नलड्ने पुष्टि गरेको छ ।

नेता खड्काले सर्वोच्च अदालतमा दाय गरेको मुद्दामा जुनसुकै फैसला आए पनि काँग्रेसलाई एक ढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूसँग बताएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..