काठमाडौँ, पुस २६ : उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँगकाे एकता भाँडिएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशअनुसार पार्टी सचिवालयको आकस्मिक (भर्चुअल) बैठक निम्नानुसार आज बोलाइएको हो । पार्टी एकता, समायोजन लगायतको एजेन्डा तय गरिएको छ । उज्यालो नेपाल पार्टीका संरक्षक घिसिङले पुस १४ मा भएको सहमतिविपरीत माग राखेपछि एकता टरेको रास्वपा स्रोतले बताएको छ ।
ठोस सहमति गर्ने भन्दै घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच शुक्रबार र शनिबार छलफल भएको थियो । छलफलका क्रममा घिसिङले ६ वटा माग राखेपछि सहमति भाँडिएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









