दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीयस्थल घोरदौरामा छिट्टै सञ्चालनमा आउन लागेको घोरदौरा जीपलाइन एन्ड एडभेन्चर रिसोर्टमा परीक्षणमा रहेको स्काई साइक्लिङमा रमाउँदै आन्तरिक पर्यटक
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जङ्गल सफारीमा जाँदै गरेका आन्तरिक पर्यटक । निकुञ्ज घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुँदै जान थालेको छ
जुम्लाको तिला गाउँपालिका–४, तिला नदीको किनारमा अवस्थित धार्मिकस्थल त्रिवेणी धाम
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक भगवती कोत मन्दिर र पृष्ठभूमिमा देखिएको निलगिरि र अन्नपूर्ण हिमाल
बेलौरी नगरपालिका–६ स्थित पुरैनी ताल छेउको खेतमा घाम ताप्दै गरेको भुँडीफोर गरुडको बथान । रैथाने प्रजातिको यो गरुड तराई क्षेत्रको ताल तलैया र सीमसार क्षेत्रमा बस्ने गर्दछ
गुल्मीको मदाने गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र कङ्के देउरालीमा शनिबार रमाउॅदै आन्तरिक पर्यटकहरू
दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाही जलाशयमा देखिएका हिउँदको समयमा मौसम छल्न आएका ठुलोजलेवा चरा
ताप्लेजुङको फक्तङ्लुङ गाउँपालिकामा तमोर नदीमाथि निर्माण गरिएको अस्थायी काठेपुल
कास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र मनोरम हिमश्रृङ्खलाको दृश्य । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा अवस्थित गुरुङ जातिको उद्धगमस्थल सिक्लेसमा पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षण बढेको छ
भक्तपुरको मध्यपुर थिमि बालकुमारी मन्दिर परिसरमा नवदुर्गा देवगण पूजाका लागि नेवारी पोशाक हाकुपटासीमा सजिएका महिला