काठमाडौँ, माघ १ : रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले साउदी अरबमा रहेका नेपालीलाई लक्षित गरी उपहार योजना ल्याएको छ ।
साउदीबाट टिक्मो एपमार्फत आइएमई गरी नेपालमा पैसा पठाउँदा विभिन्न उपहार जित्न सक्ने आइएमईले हालै विज्ञप्तिमार्फत जानकारी दिएको हो । आइएमईका अनुसार एकजना भाग्यशाली विजेताले बीवाईडी अटो १ ईभी, मासिक दुईजना विजेताले यादिया ओविन ईभी स्कुटर जित्न सक्नेछन् । साथै साप्ताहिक विजेताअन्तर्गत १२ भाग्यशाली विजेताले आईफोन १७ जित्न स कम्पनीले जनाएको छ ।

टिक्मोको उत्सवमा सामेल भएर कुल १५ जना लाभान्वित हुने र विजेताहरु पारदर्शी डिजिटल लक्की ड्र मार्फत छनोट गरिने जनाइएको छ । पुस २१ देखि सुरु भएको उपहार योजना आगामी चैत १७ सम्म लागू हुने छ ।
टिक्मो मुख्यतया साउदी अरेबियामा प्रयोग हुने एक डिजिटल वालेट एप हो । उक्त एप पैसा पठाउन र अनलाइन भुक्तानीका लागि प्रयोग हुने गर्छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















