धनगढी, पुस २१ गते । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको ध्यान गुणस्तरीय बिजुलीमा केन्द्रित रहेको बताउनुभएको छ । ‘प्रादेशिक कार्यालयका उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने अभियान’ का लागि कर्णाली र सुदूरपश्चिम प्रदेश पुग्नु भएका उहाँले त्यहाँका विभिन्न वितरण केन्द्र र सब–स्टेशनको निरीक्षण गर्ने क्रममा यस्तो बताउनुभएको हो ।
कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा आयोजित दुबै कार्यक्रममा सहभागी हुने क्रममा शाक्यले प्राधिकरणको ध्यान अब गुणस्तरीय बिजुली सेवामा केन्द्रित हुने बताउनुभयो। ‘पहिले दिनमा लोडसेडिङ थियो, त्यतिबेला जसरी पनि बिजुली पुर्याउनुपर्छ भन्ने थियो । अब बिजुली पुर्याएर मात्रै हुँदैन’ उहाँले धनगढीको कार्यक्रममा भन्नुभयो, ‘बिजुलीको गुणस्तर राम्रो हुनुपर्छ । गुणस्तर भनेको झ्याप्पझ्याप्प बिजुली जानु भएन । बिजुली भरपर्दो हुनुपर्छ ।’
उहाँले उत्कृष्ट ग्राहकलाई सम्मान गर्ने कार्यक्रममा सबैभन्दा बढी विद्युत खपत गरेर प्राधिकरणको आम्दानीमा मात्र टेवा पुर्याउने होइन, विद्युतको उपयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिनुपर्छ भन्नुभयो ।
उहाँले गुणस्तीय बिजुली सबै उपभोक्ताको आवश्यकता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यसैले उद्योगीहरुका लागि विद्युतको निरन्तरता अत्यावश्यक छ । त्यसका लागि विद्युतको भोल्टेज गुणस्तरीय हुनुपर्छ ।’ उहाँले सबै वितरण केन्द्रका प्रमुखसँग बसेर कुराकानी गरेको भन्दै सुदूरपश्चिमको क्षेत्रको विद्युतलाई विश्वसनीय र राम्रो अथवा गुणस्तरीय बनाउन अत्तरिया–धनगढी प्रसारण लाइन निर्माणको लाइसेन्स लिएर अघि बढेको जानकारी दिनुभयो ।

उहाँले कर्णाली र सुदूरपश्चिमको निरीक्षण भ्रमणका क्रममा कोलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनासँगै कर्णाली प्रदेशको वितरण तथा ग्राहक सेवा निर्देशनालयको निरीक्षण भ्रमण गर्नुभयो । उहाँले त्यहाँ हिमाली र पहाडी जिल्लामा देखिएका समस्या र समाधानको उपायसहित तालिका बनाएर अघि बढ्न निर्देशन दिनुभयो ।
काठमाडौंबाट प्राधिकरणका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठलाई साथमै लिएर कर्णाली पुग्नुभएका निर्देशक शाक्यले त्यहाँ प्राधिकरणका कर्णाली प्रादेशिक कार्यालयका प्रमुख शशिभूषण साहसहित निरीक्षण गर्नुभएको थियो । सुदूरपश्चिममा शाक्लेले कैलालीको लम्कीचुहामा रहेको प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय कंक्रिट पोल प्लान्ट, अत्तरियाको सब–स्टेशन, सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढी वितरण केन्द्र लगायतको भ्रमण गर्नुभयो ।
शाक्यले आफ्ना उत्कृष्ट ग्रहकलाई सम्मान गर्ने, विश्वसनीय विद्युत आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याहरुको जानकारी लिने बताउनुभयो । समस्याको पहिचान गर्ने अभियान कोसी प्रदेशबाट सुरुवात गरेको भन्दै मधेस प्रदेश, गण्डकी, कर्णाली प्रदेश हुँदै सुदूरपश्चिममा पनि सम्पन्न गरेको र अब छिट्टै लुम्बिनी र बागमतीमा गर्ने जानकारी उहाँले दिनभुयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















