
काठमाडौं, फागुन १५ गते । पाकिस्तान र अफगानिस्तानबीच भीषण युद्ध भएको छ । बिहीबार राति अफगानिस्तानले पाकिस्तानमाथि हमला गरेसँगै दुई छिमेकी मुलुकबीच युद्ध चर्किएको छ । कुनार प्रान्तमा तालिवान लडाकुले हिजो मध्यरातमा गरेको आक्रमणमा पाकिस्तानी सेनाका ५५ जवान मारिएका छन् ।
अफगान सरकारको दाबी अनुसार २३ पाकिस्तानी सैनिकका शव उनीहरूको नियन्त्रणमा छन्। पाकिस्तानी सेनाको एउटा मुख्यालय र १९ वटा चौकी पनि कब्जा गरिएको बीबीसीले उल्लेख गरेको छ । पाकिस्तानी सेनाको आक्रमणमा अहिलेसम्म १ सय ३३ अफगानी तालिबान सदस्य मारिएका र २ सय भन्दा बढी घाइते भएको दाबी गरेका बीबीसीले जनाएको छ । तर तालिबानले भने कुनै क्षति नभएको दाबी गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















