वासिङ्टन डिसी,फागुन १ गते । संयुक्त राज्य अमेरिकाको दक्षिणी विश्वविद्यालयमा भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै एक घाइते भएको अधिकारीहरूले बताएका छन् ।
साउथ क्यारोलिना स्टेट युनिभर्सिटीले ह्युगिन सुइट्स विद्यार्थी आवासीय कम्प्लेक्सको अपार्टमेन्टमा गोली हानाहानको रिपोर्ट प्राप्त गरेपछि क्याम्पसमा लकडाउन भएको बताएको छ । विश्वविद्यालयका अधिकारीहरूले अहिलेसम्म पीडितको पहिचान वा घाइते व्यक्तिको अवस्था पुष्टि नगरी विज्ञप्ति मार्फत क्याम्पस लकडाउनमा रहेको बताएका छन् ।
यसै गरी स्थानीय कानून प्रवर्तन एजेन्सीहरूले विश्वविद्यालयलाई क्याम्पस र वरपर गस्ती गर्न, सहयोग गरिरहेको बताएको छ भने शुक्रबारका कक्षाहरू रद्द गरिएको विश्व विद्यालयले जनाएको छ ।
क्यानाडाको ब्रिटिस कोलम्बियाको माध्यमिक विद्यालयमा १८ वर्षीय बन्दुकधारीले आठ जनाको हत्या गरेको केही दिन पछि यो गोलीकाण्ड भएको हो ।
संयुक्त राज्य अमेरिकामा विद्यालय आक्रमणको लामो शृङ्खलाको पछिल्लो घटना हो, जहाँ यस्ता आक्रमण रोक्न गरिने प्रयासहरूले चर्को राजनीतिक गतिरोधको सामना गरिरहेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















