02/13/2026, 11:30:57
शुक्रबार, फागुन ०१, २०८२

नेपाली कांग्रेसमा आबद्ध हुन आह्वान


काठमाडौँ, फागुन १ गते । गगनकुमार थापाको नेतृत्वमा पार्टीलाई सुशासन, समावेशिता र समृद्धितर्फ अग्रसर गराउने लक्ष्यसहित नेपाली कांग्रेसले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी प्रेस विज्ञप्तिमा बदलिएको राजनीतिक परिवेश र रूपान्तरित राजनीतिक चेतना अनुसार संगठन सुदृढीकरण, नीतिगत स्पष्टता तथा जनविश्वास पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा चिकित्सा, शिक्षा, कानून, उद्योग, सूचना–प्रविधि, कृषि, श्रम तथा नागरिक समाज लगायत विभिन्न क्षेत्रमा सक्रिय रही समाज रूपान्तरणमा योगदान गर्न इच्छुक व्यक्तिहरूलाई पार्टीमा सहभागी हुन आग्रह गरिएको छ ।

कांग्रेसले पारदर्शिता, जवाफदेहिता र नीतिमा आधारित राजनीतिलाई प्राथमिकता दिँदै लोकतान्त्रिक मूल्य तथा आदर्शलाई थप सशक्त बनाउन नयाँ सोच, ऊर्जा र अनुभवी व्यक्तित्वहरूको सहभागिता आवश्यक रहेको जनाएको छ ।