02/05/2026, 04:11:24
बुधबार, माघ २१, २०८२

“सोसल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन”


काठमाडौँ, माघ २१ : नेकपा संयोजक पुष्पकमल दाहालले स्वच्छ, निष्पक्ष र धाँधलिरहित वातावरणमा निर्वाचन भए नेकपा एक नम्बर पार्टी बन्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा हुने गतिविधिले चुनावी नतिजा निर्धारण नगर्ने बताएका हुन् । ‘स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन हुँदा हाम्रो नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एक नम्बर पार्टी बन्ने सम्भावना छ । सोसल मिडियामा हाहा र हुहु गरेर केही हुनेवाला छैन,’ प्रचण्डले भने ।

राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको प्रचण्डले बताए ।

त्यस्तै उनले देशभर एकै चरणमा निर्वाचन गर्न सरकारलाई आग्रह पनि गरे । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने ग्यारेन्टी सरकारले दिनुपर्ने प्रचण्डको भनाइ छ ।