02/05/2026, 04:11:06
बुधबार, माघ २१, २०८२

स्वास्थ्य बिमामा देखिएको स्रोतको समस्या तत्काल समाधान हुन्छ : प्रधानमन्त्री कार्की


काठमाडौँ, माघ २१ : प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमाको स्रोतसम्बन्धी समस्या तत्काल समाधान गर्ने बताएकी छन् ।

बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले उक्त प्रतिबद्धता व्यक्त गरेकी हुन् । प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाइ नगर्ने बताइन् । उनले उक्त कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताइन् ।

गरिब वर्गलाई, अपांग, अशक्तलाई लगायतका कमजोर मानिसहरुका लागि उक्त कार्यक्रम भएकाले उनीहरुको हित हुनेगरी उक्त कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भएपनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने पनि बताइन् । जनताले प्रिमियर तिर्ने तर सरकारले उनीहरुका लागि बजेटको व्यवस्था नगर्ने कुरा कुनै पनि हालतमा हुन नसक्ने पनि प्रधानमन्त्री कार्कीको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले उक्त कार्यक्रमलाई एकद्वार प्रणालीबाट अघि बढाउने गरी स्वास्थ्य मन्त्रालयले नीतिगत र कानुनी व्यवस्था तय गर्न लागेको पनि बताइन् ।

– न्युज एजेन्सी नेपाल