02/05/2026, 04:11:21
बुधबार, माघ २१, २०८२

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु


बैतडी, माघ २१ गते । बैतडीमा एक निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ।मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–४ निवासी ३२ वर्षीय प्रकाश चन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार चन्द दशरथचन्द नगरपालिका–५ स्थित क्रिकेट खेलमैदानमा सञ्चालन भइरहेको तालिम सकेर मङ्गलबार राति करिब ८ः३० बजे घर फर्कने क्रममा खरकटे सल्लेरी भिरबाट लड्नुभएको थियो ।

करिब दुई सयदेखि २५० मिटर तल खसेको अनुमान गरिएको छ ।घटनापछि स्थानीय तथा प्रहरी टोलीले उद्धार गरी जिल्ला अस्पताल बैतडी र्पुयाए पनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

हाल मृतकको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..