काठमाडौँ, माघ २१ गते । नेकपा (एमाले)का सचिव महेश बस्नेतले संसद पुनर्स्थापनाको मुद्दाबाट अदालत पन्छिन नपाइने बताएका छन् । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव बस्नेतले सो मुद्दामा अझैसम्म पेसी नतोकिएकोमा आपत्तिसमेत प्रकट गरे ।
‘न्यायाधीशहरू पन्छिने र न्यायिक निकाय चुप लाग्ने अवस्था बनेको छ’, उनले भने, ‘आमजनता र नागरिक पनि अलमलमा छन । न्यायाधीशहरूलाई के त्यस्तो रोग लागेको छ ?’
उनले सरकार कुनै दलको जस्तो भूमिकामा खेलिरहेको समेत आरोप लगाए । ‘कसैको एजेन्डा स्थापित गर्न सरकार माध्यम बन्न खोज्दै छ’, उनले भने, ‘ब्यारेक र प्रहरी कार्यलयमा मतपेटिका राखेर आफू अनुकूलका मान्छेलाई जिताउन निर्वाचनमा गरिएको हो कि भन्ने गम्भीर आशंका छ ।’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












