01/22/2026, 16:56:24
बिहिबार, माघ ०८, २०८२

उम्मेदवारीविरुद्धको उजुरीमा रेशम चौधरीले बुझाए स्पष्टीकरण

©PHOTO CREDIT: ONLINEKHABAR

काठमाडौँ, माघ ८ गते । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार रेशम चौधरीले आफ्नो उम्मेदवारीलाई लिएर दर्ता भएको उजुरीको सन्दर्भमा लिखित स्पष्टीकरण बुझाएका छन्।

उनले आफूलाई राष्ट्रपतिबाट संविधान अनुसार पूर्ण रूपमा माफी दिइएको दाबी गर्दै उक्त माफी आंशिक नभई सम्पूर्ण सजायबाट मुक्त गर्ने प्रकृतिको भएको उल्लेख गरेका छन्। माफीसम्बन्धी पत्रमा आफू मात्र नभई अन्य १९ जनाको नामसमेत समावेश रहेको उनको भनाइ छ।

स्पष्टीकरणमा चौधरीले अदालतबाट तोकिएको कैद सजाय माफी भइसकेपछि त्यसलाई आंशिक भन्न नमिल्ने तर्क प्रस्तुत गरेका छन्। उनका अनुसार माफीपत्रमा ‘बाँकी कैद’ जस्ता शब्द प्रयोग नभई फैसला अनुसार तोकिएको कैद सजाय नै माफी भएको उल्लेख भएकाले त्यसले पूर्ण माफीको अर्थ बोकेको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..