काठमाडौँ, पुस २७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीको घोषणापत्र तयार गर्न जुटेको छ । पार्टी केन्द्र्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालसहित घोषणापत्र तयारी समितिको बैठक बस्यो ।
नेकपा नेता बलराम बाँस्कोटाले आगामी पाँच वर्षमा के के योजना र कार्यक्रम लिएर जाने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
“पार्टीले पाँच वर्षमा के के गर्ने त्यो जनताले बुझ्ने गरी तयार गरिने छ । घोषणापत्रमा कुन कुन एजेन्डा अघि सारेर निर्वाचनमा जाने ? हाम्रा कार्यक्रम र योजना के के हुन्छन् ? हाम्रा कार्यनीति के के हुने छन् ?,” उहाँले भन्नुभयो, “ ती सबै विषय समेटिने छन् । पार्टीको योजना र दृष्टिकोणसहित विषय विज्ञका समेत सुझाव समेटेर घोषणापत्र तयार गरिने छ ।”
देशमा सुशासन, सामाजिक न्याय र समृद्धि हासिल हुने गरी योजना कार्यक्रम समेटेर घोषणापत्र तयार गरिने उहाँले बताउनुभयो । पार्टी नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा पार्टीका नेता र विषयविज्ञसमेत राखेर घोषणापत्र तयारी समिति गठन गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










