02/28/2026, 18:53:52
शनिबार, फागुन १६, २०८२

मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ : एमाले अध्यक्ष ओली


दमक, फागुन १६ गते । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले संयुक्त अरब इमिरेट्स, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुरक्षित र सजग रहन आह्वान गर्दै चिन्ता व्यक्त गर्नु भएको हो ।

केही दिनदेखि चुनावी प्रचार-प्रसार घरदैलोमा गृह नगर झापाको दमकमा रहनुभएका ओलीले त्यहाँ रहेका नेपाली दूतावास तथा नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्नुभएको छ ।

मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ । युएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु ।

शनिबार अपरान्ह आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले भन्नुभएको छ ।

– विष्णुप्रसाद पोखरेल