काठमाडौँ, फागुन ४ गते। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सैनिक दिवसका अवसरमा टुँडिखेलमा भएको विदेशी सैनिकहरूको प्रदर्शनलाई विश्वव्यापी परिपाटी र मित्रताको प्रतिकका रूपमा चित्रण गर्नुभएको छ ।
सोमवार निर्वाचनमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘अहिले सामाजिक सञ्जालमा पनि आयो, केही व्यक्तित्वहरूबाट त्यो अमेरिकी सैनिक टुँडिखेलमा नाच्यो नि त भन्ने पनि आयो । अनि के अमेरिकी सैनिक टुँडिखेलमा नाच्नु नै अपराध हो त भन्ने पनि कसैको सोच होला । त्यो अमेरिकी सैनिक त्यहाँ टुँडिखेलमा नाचेको कार्यक्रममा म पनि उपस्थित छु । हिजो सैनिक दिवसको उपलक्ष्यमा अमेरिकी सैनिक, बेलायती सैनिक, भारतीय सैनिकको टुकडीहरू, त्यो सैनिकहरूको एकआपसमा जुन जुन मित्र शक्तिहरू हुन्छन् र जुन जुन ठाउँमा चाहीँ उनीहरू तालिम आदानप्रदान गर्छन्, ती शक्तिहरूको त्यहाँ आएर यो प्रदर्शन गर्छन् । यो विश्वभरिको परिपाटी र प्रचलन हो । तर तपार्ईं हाम्रो त्यो कुन देशप्रतिको मानसिकताले अहिले ग्रस्त छ, यो सकारात्मक र नकारात्मक सोच छ । म अहिले त्यहाँ सामाजिक सञ्जाल हेर्दै थिएँ एक,दुई वटा । देशका ठूला नेताहरूले पनि खबरदार, यो त यो सरकारले त बद्मासी ग¥यो, त्यो अमेरिकी सैनिक ल्याएर टुँडिखेलमा नचायो । त्यसकारण यो नाच्न पाउने होइन, भन्ने लगायतका ठूला ठूला व्यक्तिहरूले पनि सामाजिक सञ्जालमा लेखिरहनुभएको छ, कमेन्ट गरिरहनुभएको देखेको छु ।’
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सैन्य कुटनीति र अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरूलाई बुझेर मात्र धारणा सार्वजनिक गर्न सरोकारवालाहरूलाई आग्रह गर्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













