काठमाडौँ, फागुन ४ गते । नेपाल राष्ट्र बैङ्कले सोमबाका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७२ पैसा र बिक्रीदर १४५ रुपियाँ ३२ पैसा तोकिएको छ ।
त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ ७६ पैसा र बिक्रीदर १७२ रुपियाँ ४७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपियाँ ५४ पैसा र बिक्रीदर १९८ रुपियाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ५२ पैसा र बिक्रीदर १८९ रुपियाँ ३१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ३९ पैसा र बिक्रीदर १०२ रुपियाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ २७ पैसा र बिक्रीदर १०६ रुपियाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ६५ पैसा र बिक्रीदर ११५ रुपियाँ १२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ९५ पैसा र बिक्रीदर २१ रुपियाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ५९ पैसा र बिक्रीदर ३८ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ७० पैसा र बिक्रीदर ३९ रुपियाँ ८७ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६६ पैसा र बिक्रीदर चार रुपियाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ४० पैसा र बिक्रीदर ३९ रुपियाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ १९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०५ पैसा र बिक्रीदर १० रुपियाँ ०९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २२ पैसा र बिक्रीदर १६ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९९ पैसा र बिक्रीदर २३ रुपियाँ ०९ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५२ पैसा र बिक्रीदर १८ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपियाँ २६ पैसा र बिक्रीदर ४७६ रुपियाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपियाँ ८५ पैसा र बिक्रीदर ३८५ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रुपियाँ ९२ र बिक्रीदर ३७७ रुपियाँ ४८ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





