02/16/2026, 10:18:22
सोमबार, फागुन ०४, २०८२

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाडौँ, फाल्गुन ४ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट आइतबार नयाँ खरिद मूल्य प्राप्त भएअनुसार निगमको सञ्चालक समिति बैठकले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले भाउ बढाउने निर्णय गरेको हो । नयाँ मूल्य आइतबार मध्यराति १२ बजेपछि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।