02/03/2026, 12:48:00
मङ्गलबार, माघ २०, २०८२

आज सुनचाँदीको मूल्यमा वृद्धि


काठमाडौँ, माघ २० गते । सुनको मूल्य आज बढेको छ । दुई दिनको उच्च गिरावटपछि आज सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढेको हो ।

सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार पनि सुनको मूल्यमा उच्च गिरावट आएको थियो ।

मंगलबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ प्रतितोला पुगेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १३५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ५ हजार २०० रुपैयाँ रहेको चाँदीको मूल्य आज ५ हजार ३३५ रुपैयाँ पुगेको हो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..