दाङ, माघ २० गते । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा हुने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भएअनुसार प्रदेश राजपत्र भाग ३, खण्ड ५, सङ्ख्या १४, मिति २०८१ चैत २१ बमोजिम यस वर्ष पनि स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
मन्त्रालयका प्रदेश सचिव लोकबहादुर सुनारद्वारा जारी सूचनामा सम्बन्धित सबै निकायलाई जानकारीका लागि सार्वजनिक गरिएको जनाइएको छ । यसैबिच उहाँले प्रदेश सरकारले विविध कार्यक्रम गरेर स्थापना दिवस मनाउने तयारी भइरहेको बताउनुभयो ।
– सन्तोष दहित
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













