01/23/2026, 17:35:46
शुक्रबार, माघ ०९, २०८२

धार्मिक र सामाजिक सद्भावको मेला सुरु

©filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 127.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

बाँके, माघ ९ गते । हिन्दु र मुस्लिम धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बाँकेको खजुरा गाउँपालिका ४ स्थित मुसबेटवा बाबा मजार मेला शुक्रबारदेखि सुरु भएको छ ।

शुक्रबार बिहान इस्लाम धर्मगुरुसहित खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले स्थानीय अगुवासहित संयुक्त रुपमा च्यादर ओडाएर मेलाको शुभारम्भ गर्नुभयो  ।

हरेक वर्ष श्रीपञ्चमीको दिनदेखि तीन दिनसम्म लाग्ने मेलामा धार्मिक सद्भावको नमुना अन्यत्र विरलै देख्न पाइने पाइने स्थानीय झकबहादुर पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘यो मजारमा मुस्लिम धर्मगुरु रहने भए पनि हिन्दु समुदायको समेत उत्तिकै आस्था र विश्वास छ, आजको दिन भारतबाट समेत आस्थावानहरु आउने गरेका छन् ।’’  

मजारमा हिन्दु र मुस्लिम समुदाय अन्य दिनमा भन्दा मेलाको समयमा अधिक आउने गर्दछन् । यहाँका भारतका विभिन्न स्थानमा मनोकामना पूरा हुने भन्दै भक्तजनहरु आउने गरेका छन् । हिन्दु र मुस्लिम समुदायले एकसाथ विश्वास गर्ने भएकाले सद्भावको केन्द्र मुसबेटवा बाबाको मजार बनेको छ । यहाँ एक सय सय वर्षभन्दा पहिलेदेखि श्रीपञ्चमीको दिनमा मेला लाग्दै आएको ज्येष्ठ नागरिकहरुको भनाइ छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..