काठमाडौँ, माघ ९ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रूपियाँ ३२ पैसा र बिक्रीदर १४६ रूपियाँ ९२ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रूपियाँ १७ पैसा र बिक्रीदर १७१ रूपियाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपियाँ ३२ पैसा र बिक्रीदर १९७ रूपियाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८४ रूपियाँ ४६ पैसा र बिक्रीदर १८५ रूपियाँ २१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९९ रूपियाँ ५३ पैसा र बिक्रीदर ९९ रूपियाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपियाँ ८४ पैसा र बिक्रीदर १०६ रूपियाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपियाँ ९८ पैसा र बिक्रीदर ११४ रूपियाँ ४५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रूपियाँ २२ पैसा र बिक्रीदर नौ रूपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपियाँ ९८ पैसा र बिक्रीदर २१ रूपियाँ ०६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रूपियाँ ०२ पैसा र बिक्रीदर ३९ रूपियाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ४० रूपियाँ १५ पैसा र बिक्रीदर ४० रूपियाँ ३१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपियाँ ६७ पैसा र बिक्रीदर चार रूपियाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपियाँ ८४ पैसा र बिक्रीदर ४० रूपियाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपियाँ २२ पैसा र बिक्रीदर ३६ रूपियाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ९७ पैसा र बिक्रीदर १० रूपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपियाँ १५ पैसा र बिक्रीदर १६ रूपियाँ २२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपियाँ ९२ पैसा र बिक्रीदर २३ रूपियाँ ०१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपियाँ ७६ पैसा र बिक्रीदर १८ रूपियाँ ८४ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रूपियाँ ७२ पैसा र बिक्रीदर ४८० रूपियाँ ६८ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रूपियाँ ०९ पैसा र बिक्रीदर ३८९ रूपियाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रूपियाँ ०८ पैसा र बिक्रीदर ३८१ रूपियाँ ६४ पैसा रहेको छ । यस्तै, भारतीय रूपियाँ एक सयको खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











