काठमाडौँ, माघ ३ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपियाँ ०९ पैसा र बिक्रीदर १४५ रुपियाँ ६९ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपियाँ ५९ पैसा र बिक्रीदर १६९ रुपियाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपियाँ ५१ पैसा र बिक्रीदर १९५ रुपियाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपियाँ ९७ पैसा र बिक्रीदर १८१ रुपियाँ ७१ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपियाँ ३२ पैसा र बिक्रीदर ९७ रुपियाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपियाँ ४९ पैसा र बिक्रीदर १०४ रुपियाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपियाँ ७० पैसा र बिक्रीदर ११३ रुपियाँ १६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १८ पैसा र बिक्रीदर नौ रुपियाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ८२ पैसा र बिक्रीदर २० रुपियाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ६९ पैसा र बिक्रीदर ३८ रुपियाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ८३ पैसा र बिक्रीदर ४० रुपियाँ कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६२ पैसा र बिक्रीदर चार रुपियाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ५० पैसा र बिक्रीदर ३९ रुपियाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ७६ पैसा र बिक्रीदर ३५ रुपियाँ ९१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८५ पैसा र बिक्रीदर ९ रुपियाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७४ पैसा र बिक्रीदर १५ रुपियाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ५६ पैसा र बिक्रीदर २२ रुपियाँ ६६ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ६० पैसा र बिक्रीदर १८ रुपियाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपियाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपियाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपियाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपियाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपियाँ ४३ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








