01/17/2026, 11:41:42
शनिबार, माघ ०३, २०८२

झापा–५ मा श्रम संस्कृति पार्टीको उम्मेदवार समिर तामाङ, हर्क भन्छन् -“ओली र बालेन दुवैलाई हराउँछौं”


दमक (झापा), माघ ३ : हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापा क्षेत्र नं. ५ मा समिर तामाङलाई उम्मेदवार बनाउने भएको छ ।

एमाले  अध्यक्ष केपी शर्मा ओली लड्दै आएको यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता काठमाडौंका मेयर बालेन्द्र शाह पनि उम्मेदवार बन्दैछन् ।

यस्तोमा दुवैलाई हराउने गरी श्रम संस्कृति पार्टीले तामाङलाई उम्मेदवार बनाएको अध्यक्ष हर्क साम्पाङले बताए । तामाङ पार्टीका सह-महासचिव समेत हुन् ।

म सुनसरीबाटै चुनाव लड्दैछु, ओली र बालेन्द्रलाई हराउन समिर तामाङ काफी छन्,’ साम्पाङले भने, ‘धरान उपमहानगरमा राजीनामा दिएलगत्तै म आफैं झापा–५ गएर माटोका लागि मत माग्नेछु ।

उनले आफूले गएर एकपटक भाषण गरे लगत्तै माहोल आफूहरुको पक्षमा बन्नेसमेत सुनाए । विगतमा आफूले पनि धरानमा एक्लै चुनाव प्रचारमा निस्किएर जितेको पृष्ठभूमि भएको भन्दै उनले भने, ‘झापा–५ मा पनि हाम्रै जित हुने हो ।