01/16/2026, 20:58:26
शुक्रबार, माघ ०२, २०८२

कांग्रेस विवादबारे निर्णय लिन निर्वाचन आयोग छलफलमा


काठमाडौँ, माघ २ : कांग्रेस विवादबारे निर्वाचन आयोग  छलफलमा जुटेको छ । सकेसम्म आजै निर्णय दिनेगरी छलफल भइरहेको आयोग स्रोतले जनाएको छ । कांग्रेसको महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा पक्षले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको र शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएको छ ।

उक्त विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर  र आयोगका सचिव छलफलमा छन् ।

कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित आयाेगका आयुक्तहरु छलफलमा छन् । निर्वाचन आयोगको निर्णयको पर्खाइमा कांग्रेसका दुवै पक्षका नेता, कार्यकर्ता आयोगको कार्यालय अगाडि सडक अवरुद्ध गरेर बसेका छन् ।

– जयसिंह महरा