01/07/2026, 23:10:47
बुधबार, पुष २३, २०८२

ओलीको जिकिर : ‘एनजिओको एजेन्डा बोक्ने र दाग लागेकाहरू एक भएका छन्’


काठमाडौँ, पुस २२ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय एक भइरहेका दलहरूप्रति टिप्पणी गरेका छन् ।

मंगलबार पार्टी सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले विकासको नाममा एनजिओ-डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई बदनाम गर्ने गरी विभिन्न दाग लागेकाहरू एक ठाउँमा जम्मा भइरहेको बताएका हुन् ।

 

‘कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्। विकासको नाममा एनजिओ/डोनरको एजेन्डा बोकेर आउने, राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्ने षड्यन्त्रका साथ विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गरिएको देखिन्छ ।’

उनले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनमा लाग्नेहरूले देशलाई पुगेको क्षतिको जिम्मा लिन नसकेको टिप्पणी पनि गरेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..