
काठमाडौँ, फागुन १७ गते । इरानको सरकारी सञ्चार माध्यमले हमलामा सर्वोच्च नेता आयतुल्लाह अली खामेनीकी छोरी, ज्वाइँ र नातिको मृत्यु भएको जनाएको छ।
इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग सम्बन्धित फार्स समाचार एजेन्सीले उल्लेख गरेको छ कि यी आक्रमणमा खामेनीका परिवारका सदस्यहरू मारिएका हुन्।
फार्सले थप उल्लेख गरेको छ, “यी हमलामा खामेनीकी एक बुहारीको पनि मृत्यु भएको बताइँदैछ।”
यसअघि केही समाचारमा उनकी बुहारी र ज्वाइँको मृत्यु भएको दाबी गरिएको थियो, तर पछि त्यसलाई अस्वीकार गरिएको थियो।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको बताएका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













