02/27/2026, 15:53:33
शुक्रबार, फागुन १५, २०८२

कजाकिस्तानमा ग्यास विस्फोट, सात जनाको मृत्यु


अस्ताना(काजकिस्तान), फागुन १५ गते । उत्तरी कजाकिस्तानको रिसोर्ट शहर स्चुचिन्सक स्थित क्याफेमा भएको शक्तिशाली ग्यास विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको स्थानीय मिडियाले शुक्रबार जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार क्याफेमा ग्याँस–हावाको मिश्रणले आगो लगाएको अनुमान गरिएको छ, जसले गर्दा रातको बिचमा विस्फोट भएको थियो । अकमोला क्षेत्रको बुराबे जिल्लाको आवासीय भवनमा जोडिएको एक तले क्याफेमा आगलागी भए पछि उक्त विस्फोट भएको जनाइएको छ ।

हाल आगो पूर्ण रूपमा नियन्त्रणमा आईसकेको क्षेत्रीय आपतकालीन विभागले जनाएको छ । क्षेत्रीय अधिकारीहरूका अनुसार आगलागीका कारण पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइते मध्ये १३ जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ । धेरैजसो पीडितहरू गम्भीर रुपमा जलेको जनाइएको छ ।विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..