03/01/2026, 00:46:18
शनिबार, फागुन १६, २०८२

इरानका सयौं सैन्य संरचनाहरूमा प्रहार गर्‍यौं : इजरायली सेना


काठमाडौँ, फागुन १६ गते । इजरायले इरानका सयौं सैन्य संरचनाहरूमा प्रहार गरिएको दाबी गरेको छ ।

इजरायली सेनाले पश्चिमी इरानमा हवाई आक्रमण गर्दा मिसाइल प्रक्षेपकहरू समेत समेटेर सयौं इरानी सैन्य संरचनाहरूमा प्रहार गरेको दाबी गरेको हो ।
सेनाले आफ्नो वायुसेनाले इरानबाट आउन सक्ने प्रतिशोधी आक्रमणलाई अवरोध गर्न काम गरिरहेको पनि जनाएको छ ।

यसैबीच इरानको सरकारी समाचार संस्था आईआरएनएले इजरायलले एक विद्यालयमा गरेको आक्रमणमा परी मारिने विद्यार्थीहरूको संख्या ४० पुगेको पुष्टि गरेको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..