01/05/2026, 15:50:56
सोमबार, पुष २१, २०८२

रास्वपा केन्द्रीय कमिटीको बैठक बस्दै, यी हुन् छलफलका विषय


काठमाडौं , पुस २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भएको छ ।  पार्टी कार्यालय वनस्थलीमा बैठक सुरु हुन लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकका लागि एजेन्डा तयार पार्नेबारे शीर्ष नेतृत्वबीच छलफल भइरहेको छ ।

उज्यालो पार्टी नेपाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एकता भएपछि केन्द्रीय कमिटीको पहिलो बैठक बस्न लागेको हो । यो बैठकमा यसअघि तीन नेताहरू रवि लामिछाने, बालेन र कुलमान घिसिङबीच भएको अनौपचारिक सहमतिलाई औपचारिकता दिने बुझिएको छ ।

त्यस्तै, आजको बैठकमा समानुपातिक सूची बुझाइसकेपश्चात् नाम फिर्ता लिएकाको हकमा कसलाई पठाउने भन्नेबारे समेत निर्णय हुनेछ । यसका साथै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी तयारीबारे पनि छलफल हुनेछ, जसमा कुलमान र बालेनपक्षलाई कति प्रतिशत हिस्सा दिने भन्नेबारे आजको बैठकले निष्कर्ष निकाल्नेछ । यसका साथै बृहत् एकता घाेषणासभाका बारेमा समेत छलफल हुनेछ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..