01/16/2026, 18:54:04
शुक्रबार, माघ ०२, २०८२

नागरिक लगानी कोषद्वारा पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख सहयोग


काठमाडौँ, माघ २ गते । नागरिक लगानी कोषले पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपियाँ सहयोग उपलब्ध गराएको छ।

उक्त रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले शुक्रबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गर्नुभएको हो।

अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपियाँ सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।

blog

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम योगदान गरिएको कोषले जनाएको छ।

सो अवसरमा अर्थ सचिव डा.घनश्याम उपाध्याय, सहसचिव उत्तरकुमार खत्री, नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्की लगायतको उपस्थिति थियो।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान पुर्‍याएकोमा अर्थमन्त्री खनालले नेपाल सरकारको तर्फबाट नागरिक लगानी कोषलाई धन्यवाद व्यक्त गर्नुभयो । नागरिक लगानी कोषको योगदानसहित हालसम्म उक्त कोषमा १४ करोड सात लाख रुपियाँ जम्मा भएको छ।