01/14/2026, 12:59:48
बुधबार, पुष ३०, २०८२

सुनचाँदीको मूल्य बढ्यो, सुन २ लाख ७८ हजार पुग्यो


काठमाडौँ, पुस ३० गते । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेर बढेको छ ।

प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेर बुधवार प्रतितोला सुन २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सोही सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ३ सय १५ रुपैयाँले बढेर आज ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सोही चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..