काठमाडौँ, पुस २९ गते । बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं रकम ठगी गर्ने पाँच जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार बेलायत पठाउने भनी लामो समय झुक्यानमा राखी १२ लाख रुपियाँ ठगी गर्ने स्थायी घर काठमाडौँ महानगरपालिका वडा नं. १७ का ४२ वर्षीय निलिमा श्रेष्ठ पक्राउ परेका छन् । अमेरिका पठाउने भनी नौ लाख रुपियाँ ठगी गर्ने स्थायी घर काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका–७ का ४९ वर्षीया रेशम लाल लामा तामाङ पक्राउ परेका छन् ।
यसैगरी, यु.ए.इ. पठाउने भनी एक लाख ५० हजार रुपियाँ ठगी गर्ने ३७ वर्षीय सुनिता ईधिङगो लिम्बु, माल्दिभ्स पठाउने भनी तीन लाख ४० हजार रुपियाँ ठगी गर्ने ३० वर्षीय अभिशेष कराला र बेलायत पठाउने भनी १३ लाख ६० हजार रुपियाँ ठगी गर्ने ४६ वर्षीय चेतनारायण आचार्य पक्राउ परेका छन् ।
प्रहरीका अनुसार स्थायी घर ताप्लेजुङ सिदिङ्वा गाउँपालिका वडा नं. ५ भइ हाल काठमाडौ बस्दै आएका लिम्बु, स्थायी घर रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. १० भइ हाल काठमाडौँ बस्दै आएका कराला र स्थायी घर अर्घाखाँची मालारानी गाउँपालिका वडा नं. १ भइ हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ बस्दै आएका आचार्य काठमाडौंबाट पक्राउ परेका हुन् ।
उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












