काठमाडौँ, पुस २९ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार दिउँसो १ बजेका लागि सारिएको छ । कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको जानकारी दिनुभयो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेशका सभापतिहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












