कैलाली, पुस २९ गते । कैलालीका भूपेन्द्र बडुवाल हत्याकाण्डमा नवीन रावलसहित ६ जनालाई बाँचुञ्जेल जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत कैलालीले रावलसहित आर्यन देवकोटा, रोशनबहादुर शाही, अर्नुज भनिने चिरञ्जीवी शाही, रोहित आले र हिमाल शाहीलाई आजीवन जन्मकैदको फैसला सुनाएको हो ।
यस्तै, अन्य पाँच जना हेमन्त शाही, मदन शाही, दिपेन्द्र शाही, निशान्त मल्ल र सोहन शाहलाई जन्मकैद तथा लोकेन्द्र कुँवर र समिरजंग शाहीलाई अभियोग दाबीबमोजिम जन्मकैदको फैसला सुनाइएको कैलाली अदालतका सूचना अधिकारी पंकज उपाध्यायले जानकारी दिए ।
अशोक रावल, महेश रावल, जयेन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास शेरचन थकाली र कपिल श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ । एक जना फरार प्रतिवादी लोकेन्द्रजंग शाहीको मुद्दा मुल्तबीमा राखिएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका– १ का २३ वर्षीय बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका– १ मा हत्या भएको थियो । प्रहरीले गरेको अनुसन्धानका आधारमा २६ फागुन २०७८ मा जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा २१ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो ।
लम्कीचुहा नगरपालिका– ३, चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, २३ वर्षीय महेश रावल, २० वर्षीय धीरज भनिने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा– १ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, लम्कीचुहा नगरपालिका– ५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका– १ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका– ७ घर भएर टीकापुर बस्ने २१ वर्षीय रोहित आले, टीकपुरकै २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका– २ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका– ३ बस्ने २६ वर्षीय सन्तोष भनिने सविनजंग शाहीविरुद्व मुद्दा दायर भएको थियो ।
यस्तै, लम्कीचुहा नगरपालिका– ३, चिसापानी बस्ने २६ वर्षीय अनुज भन्ने चिरञ्जीवीजंग शाही, २६ वर्षकै हिमाल शाही, जानकी गाउँपालिका–६ बस्ने वर्ष २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका– १ बस्ने २७ वर्षीय विकास शेरचन, लम्कीचुहा– ४ बस्ने २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर नगरपालिका–६ बस्ने ३५ वर्षीय अशोक रावल, लम्कीचुहा नगरपालिका–३ बस्ने २५ वर्षीय लोकजंग शाही र बर्दियाको गरुवा गाउँपालिकाका २२ वर्षीय हेमन्त शाहीविरुद्ध पनि मुद्दा दायर भएको थियो ।
प्रहरी अनुसन्धानबाट जयन्द्र शाह र नवीन रावलको समूहमा आपसी मनमुटाव भएर झगडा हुन थालेपछि हत्या प्रकरणसम्म पुगेको देखिएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















