सल्यान, पुस २९ : सल्यानमा बाघको आक्रमणबाट फेरि अर्का एक जना पुरुषको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका–६ हात्तिढुंगा घर भएका ६५ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
घरदेखि ३ सय मिटर टाढा रहेको घट्टमा पिठो पिस्न गएको र घर नफर्केकाले नेपाली सेना, प्रहरी र स्थानीयद्धारा खोजी गर्दै जाँदा बाघले दायाँ खुट्टाको आधा भाग खाइसकेको अवस्थामा शान्ति सामुदायिक वनमा फेला परेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक डा. हेमबहादुर केसीले बताए ।
गत केही दिनअघि मात्र बाघको आक्रमणबाट कालिमाटी गाउँपालिका ७ पर्सेनी घर भएकी वर्ष ४२ की धनसरा रावतको मृत्यु भएको थियो । महिलालाई मारेको बाघ सेनाले नियन्त्रणमा लिन नसकेपछि त्यहि बाघले नै खप्तडीलाई आक्रमण गरेर मारेको उनले जानकारी गराए ।
नेपाली सेनाले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिन नसकेपछि अवस्था झनै भयावह बन्दै गएको कालिमाटी गाउँपालिका ७ का वडा अध्यक्ष मित्रलाल रिजालले बताए । नरभक्षी बाघले साताको अवधीमा तीन जनाको ज्यान लिइसकेको र दुई गोरु मारेको उनले जानकारी गराए ।
बाघले धमाधम मान्छे मार्न थालेपछि ज्यान कसरी बचाउने भन्ने समस्या उत्पन्न भएको उनको भनाइ छ ।
– विप्लव महर्जन
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











